+
+

बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त तारेकेश्वरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १६:५१

१३ असार, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई तारेकेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका-१३ स्थायी घर भई हाल भक्तपुरको मध्‍यपुर ठिमी नगरपालिका-१ बस्‍ने ३२ वर्षीय रामचन्द्र थापा मगर रहेका छन् ।

उच्च अदालत पाटनले २०७६ साल माघ १९ गते मगरलाई ४८ लाख ९५ हजार जरिवाना र १ लाख ९६ हजार क्षतिपूर्ति शुल्क भराउने फैसला गरेको थियो ।

साथै २०७८ साल कात्तिक २८ गते १० लाख जरिवाना , ३ दिन कैद र ४ लाख ७० हजार जरिवाना, ३ दिन कैद र १८ हजार ८ सय क्षतिपूर्ति शुल्क भराउने फैसलामा जम्‍मा रु ६३ लाख ६५ हजार ५ सय जरिवाना र ६ दिन कैद र २ लाख ५४ हजार ८ सय रुपैयाँ क्षतिपूर्ति ठहर भएकोमा उनले जरिवाना, कैद र क्षतिपूर्तिसमेत नतिरी फरार भएका थिए ।
प्रहरीले काठमाडौंको तारकेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?