+
+

एसियाका चार धनी सेलिब्रिटी जोडी : हङकङका टोनी-क्यारिनादेखि बलिउडका दीपिका-रणवीरसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १९:०६

काठमाडौं । हङकङ फिल्मको प्रभावशाली कलाकार जोडी टोनी लिउङ र क्यारिना लाउ यस वर्ष एसियाका सबैभन्दा धनी र शक्तिशाली सेलिब्रिटी कपल घोषित भएका छन् ।

साउथ चाइना मर्निङ पोस्टले सार्वजनिक गरेको सर्वोत्कृष्ट चार जनाको यो सूचीमा बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह पनि छन् । बक्स अफिस आम्दानीदेखि ब्रान्ड प्रमोसनका धेरै सूचक जोडेर यो सूची बाहिर ल्याइएको हो ।

टोनी र क्यारिनाको जोडी ३३ वर्षदेखि सँगै छ । १९ वर्षसम्मको डेटिङपछि यो जोडीले सन् २००८ मा विवाह गरेको थियो । उनीहरु अहिले पनि उत्तिकै खुसी देखिन्छन् ।

हालैको एक अन्तर्वार्तामा उनीहरुले आफूहरुबीच आरामदायी सम्बन्ध रहेको र आफूहरु खुसी रहेको उल्लेख गरेका छन् । लिउ फेसन ब्रान्ड एनिर्‍याकसहित हङकङका चर्चित रेस्टुरेन्ट र बारका मालिक समेत हुन् । उनीहरुको सम्पत्ति ६१ मिलियन डलर छ ।

दक्षिण कोरियाको सेलिब्रिटी कपल जियोङ जि हुन र किम ताइ ही दोस्रो स्थानमा छन् । उनीहरुको सम्पत्ति ५५ मिलियन डलर रहेको जनाइएको छ । उनीहरुले सन् २०१७ मा १८०० डलर खर्च गरेर बिहे गरेका थिए जसले संसारमा चर्चा बटुलेको थियो ।

भारतीय फिल्म उद्योग बलिउडका कलाकार दीपिका र रणवीर तेस्रो स्थानमा छन् । दीपिका बलिउडकी सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् । सेलिब्रिटी नेट वर्थका अनुसार उनीहरुको सम्पत्ति ४० मिलियन डलर रहेको बताइन्छ ।

सिंगापुरका फान वङ र क्रिस्टोफर ली सूचीको चौथो स्थानमा छन् । यी दुईलाई सिंगापुरका एन्जेलिना जोली र ब्राड पिट भनेर समेत मिडियाले चर्चा गरिरहेका छन् । उनीहरुको कुल सम्पत्ति २८.७ मिलियन डलर रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?