+
+

कोटेश्वरमा डरलाग्दो सवारी दुर्घटना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते २१:२६

१३ असार, काठमाडौं । कोटेश्वरमा सोमबार साँझ डरलाग्दो सवारी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि हायसले दाया च्याप्दा बालकुमारीबाट आएको प्रदेश ३-००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुग्यो । दुर्घटनामा हायसको अगाडिको भाग क्षतविक्षत भएको छ ।

हायसको ठक्करबाट घाइते भएका पैदलयात्रु ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको छ । हायसका सहचालक २३ वर्षका विमल सुनार घाइते भएका छन् चालक फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?