+
+

धार्मिक सद्भाव बिगारेको आरोपमा भारतका पत्रकार जुबैर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते ७:१५

१४ असार, काठमाडौं । धार्मिक सदभाव खलबलिने गतिविधि गरेको आरोपमा भारतको नयाँदिल्ली प्रहरीले अल्ट न्यूजका सहसंस्थापक पत्रकार मोहम्मद जुबैरलाई पक्राउ गरेको छ ।

धार्मिक भावनामा चोट पुर्याउने गतिविधि गरेको भन्दै उनीविरुद्ध उजुरी परेपछि जुबैरलाई अनुसन्धानका लागि सोमबार हिरासतमा लिइएको दिल्ली प्रहरीले जनाएको छ ।

मोहम्मद जुबैरले एक दशकभन्दा बढी समयसम्म टेलिकम क्षेत्रमा काम गरेका थिए । पछि उनी तथ्य जाँच (फ्याक्ट चेक) गर्दै आएको अल्ट न्यूजको सहसंस्थापक बनेर सक्रिय रहँदै आएका थिए ।

हालै जुबेरले भाजपाकी नेतृ नुपुर शर्माले मुसलमान समुदायविरुद्ध बोलेको भिडियो क्लिप ट्वीट गरेका थिए । शर्माको अभिव्यक्तिको अभिव्यक्तिका कारण भारतमा हिंसात्मक प्रदर्शन भएको थियो भने विभिन्न मुस्लिम देशहरुले भाजपालाई माफी माग्न भनेको थियो । अन्ततः भाजपाले पार्टी प्रवक्तासमेत रहेकी शर्मालाई साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो ।

त्यसअघि सन् २०१७ मा जुबेरले यति नरसिंहानन्द सरस्वती, बजरंग मुनि र आनन्द स्वरुपलाई घृणा फैलाउनेवाला भनेर टिप्पणी गरेका थिए ।

उनको गिरफ्तारीको भारतका नेताहरुले विरोध गरेका छन् । कांग्रेस आईका नेता राहुल गान्धी, भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरी, समाजशास्त्री योगेन्द्र यादव लगायतले जुबैरलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?