+
+

भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पीभीआरले ‘कबड्डी ४’ रिलिज गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १७:३६

काठमाडौं । नेपालसहित विश्वभरको डायस्पोरामा उछाल ल्याएको फिल्म ‘कबड्डी ४’लाई भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ ।

पीभीआरले रामबाबु गुरुङ निर्देशित फिल्मलाई शुक्रबारदेखि आफ्ना भारतीय आउलेटमा प्रदर्शन गर्न लागेको हो । पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ शुक्रबार रिलिज हुन लागेको जानकारी दिएको छ ।

कुनै नेपाली फिल्म पीभीआरमा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो । भारतका ७० सहरमा पीभीआरका १७० भन्दा बढी पर्दा छन् । नेपालीभाषी बहुल सहरस्थित मल्टिप्लेक्समा ‘कबड्डी ४’लाई पीभीआरले रिलिजको तयारी गरेको बुझिएको छ ।

सिक्किमबाहकेका भारतीय राज्यमा ‘कबड्डी ४’ रिलिज हुन लागेको हो । सिक्किममा भो फिल्मलाई प्रतिबन्ध लगाइएको छ । झण्डै डेढ करोड रुपैयाँको प्रदर्शन अधिकारसहित भारतको राइट बिक्री गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?