+
+

श्रीलंकामा दुई साता पेट्रोल बिक्रीमा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १८:११

१४ असार, काठमाडौं । आर्थिक संकट गहिरि‌ंदै गएपछि श्रीलंकाले अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा पेट्रोल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

बीबीसीले स्थानीय अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरेअनुसार अबको दुई साता श्रीलंकामा यात्रुबाहक बस, औषधि र स्वास्थ्यजन्य सेवाका सवारी र खाद्य वस्तु ओसारपसार गर्ने सवारी साधनले मात्रै पेट्रोल पाउनेछन् ।

आर्थिक संकटका कारण इन्धनको अभाव चर्किंदै गएपछि सरकारले शहरका विद्यलयहरु दुई साताका लागि बन्द गर्ने घोषणा गरेको छ ।

यस्तै अत्यवश्यक सेवाबाहेकका निजी तथा सरकारी क्षेत्र सेवालाई ‘वर्क फ्रम होम’मार्फत गर्न र देशको अवस्थालाई बुझेर घारबाहिर ननिस्कन जनतासँग आग्रह गरेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?