+
+

तनहुँमा भएको दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १९:०१

१४ असार, तनहुँ । पृथ्वी राजमार्ग अन्तगत तनहुँको देउरालीमा बलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुर हेटौंडाका जयराम मोक्तान र भिमफेदीका दिपेश गोले रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवाराज खड्काले जानकारी दिए ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको बलेरोले ठक्कर दिँदा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?