+
+

वर्षाका कारण विराटनगरमा तीन दिन विद्यालय विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते २१:३४

१४ असार, विराटनगर । विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अविरल वर्षापछि डुबानको समस्यामा देखिएपछि बुधबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय कार्यपालिका बैठकले गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

बाढीबाट विस्थापित भएकाहरुलाई महानगरपालिकाले विद्यालयहरुमा अस्थायी रुपमा राखेको छ । प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र १९ वटै वडाका वडाध्यक्षहरूको उपस्थितिमा बसेको बैठकले बर्खे बिदा कटौती गर्ने गरी तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

मंगलबार विहानदेखि परेको वर्षाका कारण सिंघिया र केसलीया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगरमा एक हजार पाँच सय बढी परिवार प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?