+
+

महँगी र कालोबजारी रोक्न एकीकृत अनुगमन गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते २०:५७

१४ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महँगी र कालोबजारविरुद्ध कारबाही बढाउन एकीकृत योजना अघि सारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको अध्यक्षतामा मंगलबार विभागमा बसेको बैठकले तीन वटै तहका सरकारहरु सम्बद्ध बजार अनुगमन बढाउने, नियामक नियकायहरुबीच समन्वय गर्ने, र नियामक निकायहरुका कार्य जिम्मेवारी तोकेर कामप्रति जवाफदेही बनाउने निर्णय गरेको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले जानकारी दिए ।

‘महँगी र कालोबजारी, बजारको तह नियन्त्रण अनुगमन र कारबाही तीब्र बनाउन बैठकले १३ वटा फरक-फरक निर्णय गरेको छ,’ महानिर्देशक शर्माले भने ‘जसअन्र्तगत स्वच्छ बजारु कायम गर्न कानुनी अधिकार पाएका सबै निकायलाई परिचालन गर्ने र उत्तरदायी बनाउने विषयमा समझदारी बनेको छ ।’

यस्तै तीनै तहका सरकारले आपसी समन्वयमा एकै समयमा बजार अनुगमन गर्न मन्त्रालयले सर्कुलर गर्ने निर्णय पनि बैठकले गरेको छ ।

वाणिज्य विभागले निरीक्षण अधिकृत तोक्न बाँकी रहेका स्थानीय तह तथा सबै प्रदेश सरकार अन्तर्गतका निर्देशनालय र कार्यालयमा बजार निरीक्षण अधिकृत तोक्ने,भन्सार विभागबाट वस्तुको मूल्य, गुणस्तर र लेवलिङ समेत हेरी मूल्याङ्कन तथा जाँचपासको व्यवस्था मिलाउने, औषधिजन्य सामाग्रीहरुको लेवलिङ, मूल्य, गुणस्तर तथा सुरक्षाजन्य विषय समेत उल्लेख भएको सामान मात्र विक्रीको व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।

साथै बजार हस्तक्षेप गर्ने सरकारी निकायले वस्तुको मौज्दात मासिक र मूल्य हरेक दिन सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?