+
+

फिल्म धितो राखेर सहुलियत ऋण उपलब्ध गराउन उद्योग वाणिज्य महासंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते ११:३९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले फिल्मलाई नै धितो राखेर सहुलियत ऋण उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अन्य राष्ट्रिय प्राथमिकता उद्योगसरह फिल्मलाई पनि ५० प्रतिशत प्रोजेक्ट ऋण उपलब्ध गराउन आग्रह गरेका हुन् ।

महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र चलचित्र निर्माता संघले मंगलबार आयोजना गरेको ‘चलचित्रको गीत-संगीतको सरोकार, कानुन र करको अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो आग्रह गरेका हुन् ।

फिल्ममा कर्पोरेट लगानी भित्र्याउनुपर्ने जरुरी भएको बताउँदै गोल्छाले बक्स अफिसलाई पारदर्शी र सशक्त तुल्याउन आग्रह समेत गरे । सञ्चार सचिव वैकुण्ठ अर्यालले २०७६ सालमा फिल्मलाई राष्ट्रिय उद्योगको रुपमा मान्यता दिइएसँगै अब कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताए ।

कार्यविधि बनाएर पेश गर्न सचिव अर्यालले आग्रह गरे । कार्यक्रममा भन्सार र कर कार्यालयका प्रतिनिधिले पनि प्रावधानबारे ब्रिफिङ गरेका थिए । निर्माता संघका अध्यक्ष एवं फोरम संयोजक आकाश अधिकारीले कार्यविधि बनाउनुपर्ने बताउँदै त्यसभित्र रहेर फिल्मले के पाउने भन्ने बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा फिल्मकर्मी, व्यवसायी र सरकारी प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?