+
+

सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ, सबैभन्दा बढी बैतडीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १२:२१

१५ असार, धनगढी । आज असार १५ गते । सुदूरपश्चिम प्रदेशमा पनि धान रोपेर किसानले राष्ट्रिय धान दिवस मनाइरहेका छन् ।

प्रदेशमा रहेका कृषि ज्ञान केन्द्रहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गरेर धान दिवस मनाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ भएको छ । जबकि गत वर्ष यो अवधिमा ५० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा कुल एक लाख ८० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा धान लगाउने गरेको भए पनि अहिलेसम्म ८१ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । कृषि निर्देशनालयका सूचना अधिकारी टेकेन्द्र ऐरले ढिलो गरेर वषर्ा भएका कारण अहिलेसम्म अपेक्षाकृत रुपमा रोपाइँ नभएको बताए ।

उनका अनुसार अन्न भण्डारका रुपमा चिनिने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरको तुलनामा पहाडी जिल्लामा भने बढी क्षेत्रफलमा धान रोपिकएको छ ।

करिब ९ हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने गरेेको बैतडीमा सबैभन्दा बढी ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको ऐरले बताए ।

उनका अनुसार ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिंदै आएको कैलालीमा ३० प्रतिशत, ४८ हजार हेक्टर क्षेत्रफलको कञ्चनपुरमा ३६ प्रतिशत, ६१ हजार हेक्टर क्षेत्रफल भएको डडेल्धुरामा ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

कैलाली र कञ्चनपुर बाहेक पहाडी जिल्लामा छिटफुट रुपमा वर्षा भएको, किसानले बीउ चाडो राखेको, धान खेती योग्य क्षेत्रफल कम भएको लगायतका कारणले बढी प्रगती देखिएको कृषि निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरपछि अछाममा सबैभन्दा धेरै १६ हजार पाँच सय ९० हेक्टर र बझाङमा १२ हजार सात सय हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ ।

सबैभन्दा कम दार्चुलामा चार हजार चार सय हेक्टर र डडेल्धुरामा छ हजार एक सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

डोटीमा छ हजार चार सय र बाजुरामा छ हजार नौं सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?