+
+

माझीगाउँका विपन्न विद्यार्थीलाई ‘जुठे’ टिमको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १२:४८

काठमाडौं । टेलिभिजन सिरिज ‘जुठे’ले पाँच जना विपन्न विद्यार्थीलाई राहतस्वरुप ५० हजार रुपैयाँ प्रदान गरेको छ । सिरिजको छायांकन थलो लमजुङको राइनास नगरपालिका-८ स्थित माझीगाउँका विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले सहयोग प्रदान गरिएको हो ।

सिरिजका निर्देशकद्वय तथा अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’ले राहत बाँडेका हुन् । वडाध्यक्ष र अन्य प्रतिनिधिको उपस्थितिमा विपन्नलाई सहयोगी हात प्रदान गरिएको हो ।

‘छायांकनको क्रममा गर्नुभएको सहयोगप्रति हामी आभारी छौं । आगामी दिनमा पनि सहयोग गर्न तयार छौं,’ बल्छी धुर्वेले अनलाइनखबरसँग भने ।

अर्गानिक र ग्रामीण विषयवस्तुको कारण निकै रुचाइएको ‘जुठे’ सिरिज हिमालय टीभीबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?