+
+

आदित्य नारायणको स्वरमा ‘शमशेरा’को ‘जी हुजुर’ गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १४:३०

काठमाडौं । रणवीर कपुर स्टारर फिल्म ‘शमशेरा’को गीत ‘जी हुजुर’ सार्वजनिक भएको छ । मिथुनले संगीत गरेको गीतमा आदित्य नारायणको स्वर समावेश छ ।

यो डान्सिङ ट्रयाकमा रणवीर फिचर्ड छन् । दास हुँदै नेता बनेको योद्धाको कथामा आधारित यो फिल्म साउन ६ गते रिलिजको तयारीमा छ । शुक्रबार सार्वजनिक भएको ट्रेलरमार्फत यशराज ब्यानरको यो फिल्मले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ ।

फिल्ममा वाणी कपुर र सञ्जय दत्त समेत मुख्य भूमिकामा छन् । करण मलहोत्रा निर्देशित यो फिल्म ऐतिहासिक कथावस्तुमा आधारित छ । फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?