+
+

झलनाथलाई नेम्वाङको जवाफ : विगतमा ‌पनि संसदमा अवरोध हुन्थ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १२:२५

१६ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको आरोपप्रति नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जवाफ फर्काएका छन् ।

संसद दिवसका अवसरमा भएको कार्यक्रममा नेम्वाङले संसदमा विगतमा पनि अवरोध हुने गरेको बताए ।

‘अहिलेको संसद अवरोधको कुरा गर्नु भयो, विगतमा पनि अवरोध भएको थियो,’ खनालपछि बोलेका नेम्वाङले भने, ‘को को थियौं विगतमा अवरोध गर्नेहरू सम्झिऔँ ।’

नेम्वाङले थपे, ‘के कारणले अवरोध हुन्छ भनेर अध्ययन गर्न र निचोड दिन म पूर्व सांसद मञ्चलाई अनुरोध गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?