+
+

‘लाल सिंह चड्डा’ र ‘रक्षाबन्धन’को भिडन्तबारे अक्षयले भने- दुवैलाई दर्शकको साथ मिल्नेछ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १२:४९

काठमाडौं । बलिउड अभिनेता आमिर खानको ‘लाल सिंह चड्डा’ र अक्षय कुमार अभिनित ‘रक्षाबन्धन’ आगामी अगस्ट ११ मा सँगै रिलिज हुँदैछन् । दुई फिल्मबीच बक्स अफिसमा टक्कर हुने अनुमान गरिएको छ ।

दुवै फिल्म दर्शकमाझ प्रतीक्षित बनेका छन् । तर एउटै मितिमा जुधेपछि व्यापारलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् ।

यसैबीच अभिनेता अक्षयकुमारले दुवै फिल्मलाई बक्स अफिसमा उत्कृष्ट प्रतिक्रिया मिल्ने बताएका छन् । भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भने, ‘यो एक राम्रो समय हो, जतिबेला दुई–तीन दिन सार्वजनिक बिदा छ । मलाई लाग्छ त्यस हप्तामा रिलिज हुने सबै फिल्मलाई फाइदा नै हुनेछ । बितेको दुई वर्ष कोरोना महामारीका कारण हरेक हप्ता दुईदेखि तीन फिल्म रिलिज भइरहेकै छन् ।’

अक्षयले राम्रो फिल्मले जुनसुकै समयमा पनि उत्कृष्ट कमाइ गर्ने बताए । यसअघि पनि आफू अभिनित ‘वेल्कम’ र आमिर खानको ‘तारे जमिन पर’ एकसाथ रिलिज भएको उल्लेख गर्दै उनले त्यसबेला दुवै फिल्मलाई दर्शकले रुचाएको बताए ।

आनन्द एल राय निर्देशित ‘रक्षा बन्धन’मा अक्षयका अलावा भूमि पेड्नेकरको समेत मुख्य भूमिका छ । फिल्ममा सहजमिन कौर, दीपिका खन्ना, सादिया खतीब, स्मृति श्रीकान्त लगायत कलाकारले पनि अभिनय गरेका छन् ।

यता आमिर खानको ‘लाल सिंह चड्डा’मा करिना कपुर र मोना सिंहको पनि मुख्य भूमिका रहेको छ । फिल्मलाई अद्वेत चन्दनले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?