+
+

असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेको छ : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १९:५२

१६ असार, बाकु । सभामुख अग्निप्रसाद सापकोटाले भू-राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा ‘असंलग्न आन्दोलन’को सान्दर्भिकता अझ बढेको बताएका छन् ।

अजरबैजानको राजधानी बाकुमा जारी ‘असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनलाई बिहीबार साँझ सम्बोधन गर्दै उनले असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको सहयोग र ऐक्यवद्धता रहने बताए ।

सभामुख सापकोटाले नेपालको संविधानले असंलग्नतालाई परराष्ट्र नीतिको अभिन्न अंगको रूपमा समेटेको जानकारी गराउँदै भने, ‘नेपाल असंलग्न आन्दोलनको सिद्धान्तलाई कायम राख्नुपर्छ, न्यायपूर्ण विश्वको समर्थनमा आवाज उठाउनु पर्छ र कमजोर देशहरूको लागि समर्थन सुनिश्चित गर्नुपर्छ भन्ने दृढ धारणा राख्दछ ।’

सम्बोधनका क्रममा सभामुख सापकोटाले ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ आन्दोलनको मूल्य, मान्यता र सिद्धान्तलाई बलियो बनाउन कोसेढुङ्गा सावित भएको उल्लेख गरे । यसले आन्दोलन भित्रको सहयोगको बहुआयामिक प्रकृतिलाई सार्थकता दिएको उनको बताए ।

बिहीबार सुरु भएको सम्मेलन असार १८ गते सम्म चल्ने छ । सभामुख सापकोटाको नेतृत्वमा प्रतिनिधि सभा सदस्य पुष्पा भूसाल गौतम, राष्ट्रिय सभा सदस्य रामचन्द्र राइ र सभामुख सापकोटाका स्वीकीय सचिव गोविन्द पाठक यही असार १४ गते अजरबैजानर प्रस्थान गरेका थिए । नेपाली प्रतिनिधि मण्डल असार १९ गते साँझ नेपाल फर्कने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?