+
+

जी-ट्वान्टीवानले खरिद गर्‍यो फिल्म ‘के घर के डेरा’को डिजिटल अधिकार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १७:११

काठमाडौं । अभिनेता तथा गायक आसिफ शाह नेतृत्वको कम्पनी जी-ट्वान्टीवान डिजिटलले फिल्म ‘के घर के डेरा’को डिजिटल अधिकार लिएको छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्मको राइट लिएसँगै कम्पनीले अन्य फिल्मको डिजिटल राइट खरिद कार्य आगामी दिनमा निरन्तर हुने जनाएको छ । कम्पनी प्रमुख शाहले केही फिल्मको पनि डिजिटल राइटलाई खरिद गर्ने तयारी भएको बताए ।

दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्मलाई महंगो मूल्य तिरिएको शाहले बताए । ‘अबदेखि नियमित रुपमा हामीले राइट खरिदको काम गर्नेछौं । कोरोनाको कारण योजनामा ढिलाइ भएको हो । दुई वर्षअघि नै सुरु गर्ने योजना थियो,’ उनले भने ।

‘व्यfवसायिक रुपमा भन्दा पनि निर्माताको मर्म बुझेर काम अघि बढाएका हौं । म स्वयं पनि मेकर भएकाले अरुको पनि मर्म बुझ्छु,’ आसिफले भने । यतिबेला आसिफ कम्पनीको नयाँ फिल्म ‘डामाडोल’ निर्माणको तयारीमा छन् । प्रोजेक्टबारे चाँडै औपचारिक जानकारी दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?