+
+

अब परिवर्तनका लागि आन्दोलन आवश्यक छैन : सुवास नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १८:१३

१७ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनको लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन् ।

शुक्रवार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहजै जुनकुनै परिवर्तन गर्नसक्ने बताएका हुन् ।

उनले संविधान जारी भएसँगै देशको शक्तिको रुपमा जनता रहेकोले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्नसक्ने बताए । उपाध्यक्ष नेम्वाङले कुनै दल र व्यक्ति मन नपरे सहजै पार्टी परिवर्तन गर्ने र खोल्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै जनताको उन्नतिको लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले ६ वर्षकै बीचमा सर्वसम्मतिले संविधान संशोधनलाई पारित गरेर नेपालको संविधानलाई सर्व स्वीकार्य बनाएका छौँ । अब यत्तिमात्रै जोड्छु, अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन । जनताको मन जित्नुस्, जनताको आशिर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ । ’

उपाध्यक्ष नेम्वाङले देश र राजनीतिक दलपनि संविधान अनुसार नै चल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?