+
+

‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १०:४८

काठमाडौं । हिपहप र्‍याप गायन सम्बन्धी टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । सोल्टी क्राउन प्लाजामा भएको अन्तिम प्रतिस्पर्धामा चार जनालाई पछि पार्दै उनले उपाधि जितेका हुन् ।

उपाधिका लागि काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ, पोखराका जेनिश क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए ।

उपाधि विजेता भाइबरले १० लाख रुपैयाँ नगदसहित रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

दोस्रो भएका जेनिशले पाँच लाख रुपैयाँ नगद र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगदसँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् । ८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौंमा भएको थियो ।

शोको निर्णायक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, गिरिश खतिवडा र मानस घले हुन् । शोको सफलतासँगै समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’को घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?