+
+

चावहिलमा खुल्यो फिल्म तथा टीभी स्कुल, राजेश हमाल र नीति शाहले गरे उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते ११:४९

काठमाडौं । अभिनेता राजेश हमाल र फिल्ममा डेब्युको तयारीमा रहेकी मोडल नीति शाह लगायतका कलाकारले नेसनल फिल्म एण्ड टीभी स्कुलको उद्घाटन गरेका छन् ।

काठमाडौंको चावहिलमा खुलेको यो स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुने जनाइएको छ । आयोजित भव्य जमघटमा कलाकारले भीवाईएफ टक्सको पनि शुभारम्भ गरे ।

उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्काले पनि कलेज उद्घाटनमा साथ दिए । अभिनेता हमाल स्कुलका गेस्ट लेक्चर पनि हुने भएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताए । ‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन्,’ उनले भने, ‘युवापुस्ताको यो उत्साह सुखद छ ।’

भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार उक्त स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्सको पनि पढाइ हुने बताए । आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ । केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्स पनि पढाइ हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?