
१९ असार, काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको प्रतितोला मूल्य ३०० रुपैयाँले बढ्दा र चाँदीको प्रतितोला मूल्य १० रुपैयाँले घटेको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार कायम गरिएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार र तेजावी सुनको प्रतितोला मूल्य ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4