+
+

‘भालुको पित्त’ सहित २ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १३:३५

१९ असार, काठमाडौं । भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं. २ बस्ने वर्ष ५३ को हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं। ३ बस्ने वर्ष ३२ को भजिन्द्र दर्जी रहेका प्रहरीले जनाएको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटी, नयाँबस्ती उनीहरुलाई पक्रेको हो ।

उनीहरुको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने कालो रंगको वस्तु २ थान फेला परेको ब्यूरोका उपनिर्देशक श्यामकुमार महतोले बताएका छन् ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?