+
+

यू-२० फुटबल टिम : दोस्रो चरणमा ३० खेलाडी छनोट, ११ जना बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १४:२२

१९ असार, काठमाडौं । नेपाली यू-२० राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा दोस्रो चरणमा ३० खेलाडी छनोट भएका छन् । साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० छनोटका लागि तयारीमा रहेको टिममा दोस्रो चरणमा ३० खेलाडी छनोट गरिएको हो ।

मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडी बाट ११ खेलाडी बाहिर राख्दै ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रशिक्षक केसीले सुरुमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको छनोट प्रतियोगिताबाट प्रारम्भिक चरणमा ४० खेलाडी राखेका थिए । त्यसमा राष्ट्रिय टिमका आयुष घलानलाई पछि थपिएको थियो ।

यू-२० राष्ट्रिय टिमको जेठ अन्तिमदेखि प्रशिक्षण सुरु गरिएको थियो । एएफसी एसियन कप छनोट खेलेर आएपछि घलानलाई प्रशिक्षकमा समावेश गरिएको हो । साफ यू-२० च्याम्पियनसिप साउन ९ लेखि २० गतेसम्म भारतको भूवनेश्वरमा हुँदैछ भने एएफसी यू-२० च्याम्पियनसिपको छनोट प्रतियोगिता सेप्टेम्बरमा बहराइनमा हुँदैछ ।

साफ यू-२० च्याम्पियनसिपमा नेपाल र आयोजक भारतसहित बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल ९ साउनमा माल्दिभ्ससँग खेल्नेछ ।

त्यस्तै सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने एएफसी यू-२० छनोटमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा कतार, बहराइन, भुटान र बंगालादेश छन् ।

दोस्रो चरणमा छानिएका खेलाडी

गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख, सौरभ कार्की

डिफेण्डर : अकिव हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुममित श्रेष्ठ, आश्विन भट्टराई, सिर्जन दानी, रोहन थापा, राज थोकर

मिडफिल्डर : अभिशेक वाइबा, दीपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, पृतन स्याङ्तान, सुगम सुवाल, मनग्य नकर्मी,  आयुष घलान

फरवार्ड : दीपेश राई, निरन्जन मल्ल, रोहन खड्गी, रोहित सुब्बा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?