+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

आईएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियलिटी क्लिनिकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १६:३५

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियलिटी क्लिनिक प्रालिबीच सेवा छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियलिटी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई ग्यालेक्सी स्पेसियलिटी क्लिनिक महाराजगञ्ज, काठमाण्डौंमा प्राप्त हुने सेवाहरु जस्तैः एक्से, यूएसजी, ईसीजी, ईको लगायतका सेवाहरुमा १० प्रतिशतसम्म र ओपीडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्ने छन् ।

सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्यालेक्सी स्पेसियलिटी क्लिनिकसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?