+
+

स्कुल प्रशासन र मृतकको परिवारबीच सहमति, ८ लाख क्षतिपूर्ति दिइने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते २२:१६

१९ असार, काठमाडौं । केएमसी स्कुल प्रशासन र रमा रायमाझीको परिवारबीच सहमति भएको छ ।

स्कुलको क्यान्टिनमा काम गर्ने रमा, शनिबार साँझ स्कुलकै होस्टलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै परिवार तथा आफन्तले आइतबार विहानदेखि स्कुल परिसरमा प्रदर्शन समेत गरेका थिए ।

आइतबार भएको वार्तामा ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने, परिवार र स्कुल प्रशासनले निश्पक्ष अनुसन्धानमा प्रहरीलाई सघाउने र त्यसअनुसार कारबाही गर्ने सहमति भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार अहिले मुचुल्का उठाउने उठाउने लगायतका कानुनी प्रक्रिया सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?