+
+

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १२:००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल

२० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । काठमाडौंको कान्तिपथस्थित एक होटलमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको उपमहासचिव जगनन्नाथ खतिवडाले बताए ।

वागमती प्रदेशका मुख्यमन्त्रीको हेरफेर, चुनावी गठबन्धन लगायत विषयलाई छलफलको एजेण्डा बनाइएको छ ।

वागमती प्रदेशमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले आलोपालो गर्ने सहमति यसअघि नै भएको भन्दै कांग्रेसले मुख्यमन्त्री छोड्न समाजवादीसँग आग्रह गरिरहेको छ । तर समाजवादीले भने यो विषय केन्द्रमा गठबन्धनले नै टुंगो लगाउनुपर्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?