+
+

बालेनलाई करिश्माको प्रश्न : स्ट्रिट फुड व्यवस्थापनमा लाग्ने कि प्रतिबन्धतिर ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १२:५३

काठमाडौं । हैजा संक्रमण हुनसक्ने भन्दै काठमाडौंका सडकमा चटपटे, पानीपुरी र स्ट्रिट फुड बेच्न काठमाडौं महानगरपालिकाले रोक लगाएको छ । सडकमा मकै बेच्न बसेका दम्पतीलाई नगरप्रहरीले लछारपछार गरिएका दृश्य भाइरल बनिरहेका छन् ।

पैदलमार्गमा स्ट्रिट फुड व्यापार रोक्न महानगरले गरेको यो कार्यलाई लिएर बहस भइरहेका छन् । र्‍याप गायन हुँदै महानगर प्रमुखसम्मको यात्रा तय गरेका बालेन साह यिनै कारणले विवादित पनि ।

यस्तोमा अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धर पनि यो स्ट्रिट फुड र मकैको यो बहसमा जोडिएकी छन् । स्ट्रिट फुड र सामान बेच्न चलन हरेक मुलुकमा हुने बताउँदै करिश्माले व्यवस्थापनतर्फ लाग्ने कि प्रतिबन्धतर्फ लाग्ने भन्दै प्रश्न गरेकी छन् ।

करिश्माले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ ? कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?

उत्कृष्ट जीवन बाँच्ने नागरिकको सपनालाई मार्गनिर्देशन गर्ने दायित्व राज्यको हुने भन्दै करिश्माले सतर्क पनि गराएकी छन् । उनी अगाडि लेख्छिन्, ‘ठीक छ यसरी नै यो समस्याको दिगो समाधान यसरी नै हुन्छ भने भन्नु केही छैन । तर अहिले हेर्दा यो चाहिं भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नुजस्तो देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?