+
+

दुई हिरोसहित लण्डन उडे साम्राज्ञी र गरिमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १४:५२

काठमाडौं । फिल्म ‘लण्डन टु पेरिस’ छायांकनको लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा सोमबार बेलायत प्रस्थान गरेका छन् । उनीहरुसँगै कलाकारद्वय कबीर खड्का र निश्चल खड्का पनि त्यसतर्फ लागे ।

आगामी सातादेखि बेलायतका तीन सहरमा छायांकन हुने फिल्मको लागि निर्देशक घनश्याम लामिछानेको टोली भने अहिले लण्डनमै छ । लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुनेछ ।

त्रिभुवन विमानस्थलमा केही मिडियासँग कुरा गर्दै साम्राज्ञी, गरिमा र दुई नायकले सुटिङलाई लिएर आफूहरु उत्साहित भएको सुनाए । ‘फाइनल्ली काम गर्न पाउँदा रमाइलो हुने भन्ने आशा छ,’ साम्राज्ञीले भनिन् ।

यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी गरिमाले आफू वर्कसपको बेला नर्भस भएपनि आत्मविश्वास जगाउन साम्राज्ञीले सघाएको बताइन् । उनीहरु एकअर्कालाई दिदीबहिनी भनेर सम्बोधन गरिरहेका थिए ।

कालो चश्मा र कालै पहिरनमा साम्राज्ञी एयरपोर्टमा हट देखिएकी थिइन् । भ्रमण प्रेमकथामा आधारित यो फिल्म बेलायतदेखि फ्रान्ससम्म नै छायांकन गर्ने तयारी छ । प्रदीप भारद्वाज लिखित यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।

तस्वीर सौजन्य : अर्जुन गुरागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?