+
+

साढे ३ किलो अफिमसहित बाँकेबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १५:०३

२० असार, नेपालगञ्ज । बाँकेमा ठूलो मात्रामा लागुऔषध अफिम पक्राउ परेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।

बैजनाथ गाउँपालिका वडा नं. १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा नं. ३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा अफिम भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

‘नेपाली सेनाको चेकपोष्टमा जाँच गर्ने क्रममा रोकाय चेकप्वाइन्टबाट जंगलतर्फ भागेका थिए’, प्रमुख मल्लले भने, ‘लगत्तै जंगलमा रहेको सेना, बाँके राष्टिय निकुञ्ज र इलाका प्रहरी कार्यालय चिसापानीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।’

पक्राउपछि रोकायले दिएको बयानका आधारमा प्रहरीले कोहलपुरबाट नगलगाड नगरपालिका३ कै २५ वर्षीय लेखराज बिष्टलाई पक्राउ गरेको हो । सुर्खेतबाट आउँदा दुबै जनासँगै आएको भए पनि चिसापानीमा जाँच अघि नै रोकाय भागेका थिए भने बिष्ट कोहलपुर पुगेका थिए ।

उनीहरुलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?