+
+

दिनभर बढेको बजार अन्तिम आधा घण्टामा ओरालो, कारोबार साढे ४ अर्ब नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १५:१७

२० असार, काठमाडौं । सोमबार दिनभर बढेको सेयर बजार अन्तिम आधा घण्टामा भने ओरालो लागेको छ । दिउँसो १ बजेर ४६ मिनेटमा २१४६ बिन्दुमा कारोबार भएको सेयर बजार साढे २ बजेपछि ओरालो लाग्न थालेको थियो । अन्तिममा बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको छ । यो आइतबारको तुलनामा ९.७५ अंक कम हो ।

तर, कारोबार रकममा भने सोमबार उछाल आएको छ । सोमबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।

कुल २३४ वटा कम्पनीको ७५ हजार ७९० वटा कारोबारबाट १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर किनबेच भएको छ । घट्दो बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । ङ्याग्दी ग्रुप पावर, सामलिङ पावर, साल्ट ट्रेडिङ, विशाल बजार कम्पनीसहितका कम्पनीको मूल्य बढ्यो ।

ग्लोबल आईएमई डिभेन्चर, युनियन हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोसहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ । सोमबार शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?