+
+

मन्त्री हेरफेर नगर्न बाबुरामले गरेको आग्रह देउवाले गरे अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १८:२१

२० असार, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएपछि भट्टराईले त्यसलाई रोक्न खोजेका थिए, तर प्रधानमन्त्री देउवाले भट्टराईको आग्रह अस्वीकार गरेका जसपा नेता गंगानारायण श्रेष्ठले बताए ।

यादवले आइतबार राति कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहायप्रसाद यादवलाई फिर्ता बोलाएर कृषिमा मृगेन्द्रप्रसाद सिंह, भौतिक पूर्वाधारमा मोहम्मद इस्तियाक राई र वन मन्त्रालयमा प्रदीप यादवको नाम पठाएका थिए ।

तर भट्टराईले त्यसमा आफ्नो सहमति नभएकाले मन्त्री नियुक्त नगर्न र शपथ नगराउन आग्रह गरेका श्रेष्ठले बताए । तर प्रधानमन्त्रीले नमानेपछि जसपाबाट सरकारमा गएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुका साथै पदभार ग्रहणसमेत गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?