+
+

राप्रपा नेपालले एकता वार्ता अघि बढाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १९:१६

२० असार, काठमाडौं । राप्रपा नेपालले पार्टी एकताका लागि छलफल सुरु गर्न पार्टीको वार्ता समितिलाई निर्देशन दिएको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले समान विचारधारा भएका राजनीतिक दल, समूह र व्यक्तिसँग एकता र सहकार्यका लागि वार्ता सुरु गर्न समितिलाई निर्देशन दिएको हो ।

राप्रपा नेपालले समान विचारधारा भएका राजनीतिक दल, समुह र व्यक्तिसँग एकता र सहकार्यका लागि वार्ता गर्न उपाध्यक्ष राजीव पराजुलीको संयोजक, प्रवक्ताद्वय सुरेश आचार्य, बिक्रम बम र सहमहामन्त्री प्रा. नरप्रसाद थापा सम्मिलित वार्ता समिति बनाएको थियो ।

यस्तै राप्रपाले महंगी, कृषि मलको आपूर्तिमा अवरोध लगायतका विषय उठाएर साउन महिनामा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । त्यस्तै हिन्दुराष्ट्रबारे जनचेतनाको अभिवृद्धि गर्न तथा सनातन धर्म संस्कृतिको विविध पक्षमा विचार विमर्श गर्न असार २६ र २७ गते राष्ट्रिय सनातन धर्म महासंघको आयोजना गर्ने प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?