+
+

म्याद बुझ्नुपर्ने भएपछि घुस प्रकरणमा मुछिएका अधिवक्ता पोखरेल सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १९:३६

२० असार, काठमाडौं । घुस प्रकरणमा मुछिएका कानून व्यवसायी एवं नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल सम्पर्कविहीन भएका छन् । नेपाल कानून व्यवसायी परिषदको सचिवालयले पटक पटक प्रयास गर्दा पनि उनको हातमा म्याद थमाउन सकेको छैन । परिषदको अनुशासन समितिले उनलाई स्पष्टिकरण सहितको म्याद थमाउने प्रयास गरिरहेको छ ।

‘हाम्रो कर्मचारी पटकपटक उहाँको अनामनगरस्थित कार्यालयमा जानुभएको रहेछ, कार्यालय बन्द छ’, नेपाल कानून व्यवसायी परिषदका एक सदस्यले भने, ‘फोन स्विच अफ भएको छ, उहाँ सम्पर्कमा हुनुहुन्न । केही नलागेपछि हामीले हुलाकबाट रजिष्टर्ड गरेर चिठी पठाएका छौं ।’

परिषदको सचिवालयले अहिले उनले कानून व्यवसायीको प्रमाणपत्र लिँदाको ठेगानामा चिठी पठाएको हो भने उनको इमेलमा समेत पत्राचार भइसकेको स्रोतले बतायो । हुलाकबाट पठाएको चिठी उनी वा उनको परिवारको सदस्यले बुझ्नुपर्ने हुन्छ । हुलाकबाट समेत चिठी फिर्ता आएमा सञ्चारमाध्यमहरुबाट सार्वजनिक सूचना निकाल्ने तयारी भएको परिषद स्रोतले जनायो ।

महान्यायाधीवक्ता खम्मबहादुर खातीको नेतृत्वमा रहेको नेपाल कानून व्यवसायी परिषदको अनुशासन समितिमा नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ र वरिष्ठ अधिवक्ता डा. रजितभक्त प्रधानाङग सदस्य छन् । समितिले अधिवक्ता पोखरेलसँग स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ ।

कानून व्यवसायीहरुका अनुसार, घटनापछि पोखरेल बहस पैरवीका लागि अदालतमा देखिएका छैनन् । घटना सार्वजनिक भए लगत्तै उनले आफूलाई स्वनिलम्बनमा राख्ने घोषणा गरेका थिए भने छानबिनमा सघाउने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?