+
+

‘मधेश सरकारको प्रशासनिक भवन बनाउन जचुकालि प्राङ्गण नै उपयुक्त’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते ११:१८

२१ असार, जनकपुरधाम । मधेश सरकारको प्रशासनिक भवनका निम्ति जग्गा पहिचान गर्न गठित समितिले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) प्राङ्गणलाई नै प्राथमिकता दिन सरकारलाई सुझाव दिएको छ ।

मंगलबार मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको प्रतिवेदनमा जचुकालि प्राङ्गणमै मधेश सरकारको प्रशासनिक भवन बनाउन उपयुक्त हुने उल्लेख छ ।

प्रशासनिक भवनसहित अन्य भौतिक संरचना निर्माणका लागि सरकारले भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको संयोजकत्वमा एक समिति बनाएको थियो । समितिले सरोकारबालासँग छलफल गर्दै तयार पारेको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइएको समिति संयोजक मन्त्री यादवले बताए ।

उनका अनुसार राजधानीको मूल संरचनाको लागि जचुकालि परिसरलाई नै मुख्य प्राथमिकतामा राखी राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरुलाई समेटेर प्रतिवेदन तयार पारिएको छ ।

जचुकालि प्राङ्गणलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रको जग्गामा अभाव क्षेत्र लगायत अन्य संरचना निर्माणका लागि प्रतिवेदनमार्फत सिफारिस गरिएको उनले बताए ।

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्रिपरिषदको बैठकबाट स्वीकृति प्रदान गरिने बताए । उनले साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया सुरु गरिने पनि जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?