+
+
Shares

नेपाली युवा उद्यमी मञ्चको साधरण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १२:५३

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा सोमबार आयोजित १८औं वार्षिक साधारण सभाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका थिए । कार्यक्रममा उद्योगी चन्द्रप्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानी जोशीलगायतको उपस्थिति रहेको थियो ।

साधरण सभाले नयाँ राष्ट्रिय परिषद् समेत गठन गरिएको छ । गठित परिषद्को अध्यक्षमा रितेश लामिछाने रहेका छन् । परिषद्‍मा उदीप श्रेष्ठ (निवर्तमान अध्यक्ष), सहारा जोशी (प्रथम उपाध्यक्ष), कुशल सुन्दर श्रेष्ठ (द्वितीय उपाध्यक्ष), निभिता प्रधान (महिला उपाध्यक्ष), कार्यकारी सदस्यहरुमा सुदिप घिमिरे, ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभूषण ज्योति कंसाकार र पुनित वैद्य रहेका छन् ।

साधरण सभामा मञ्चबाट विगतमा गरिएका क्रियाकलाप र भावी योजनाहरु प्रस्तुत गरिएको थियो । नव निर्वाचित परिषदका अध्यक्ष लामिछानेले सन् २०२२–२३ को लागि आफ्नो योजना प्रस्तुत गरे । उनले यस वर्ष सम्पूर्ण च्याप्टर लगायत काठमाडौंमा बृहत मेड इन नेपाल प्रदर्शनी आयोजना गर्ने बताए ।

नवनिर्वाचित पदाधिकारीहरुले युवा उद्यमीहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गरी व्यवसाय विकास र प्रवद्र्धनमा जोड दिने प्रतिबद्धता जाहेर गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?