+
+

सामसुङको ग्यालेक्सी एफ१३ मोबाइल नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १३:४६

काठमाडौं । सामसुङले ग्यालेक्सी एफ१३ मोबाइल नेपाली बजारमा ल्याएको छ ।
ग्यालेक्सी एफ श्रृङ्खलाको यो पछिल्लो उत्पादनले जेन जेडका आकांक्षी र सहस्राब्दी उपभोक्ताहरुलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण शैली र अनुभव दिलाउने कम्पनीको विश्वास छ ।

सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापित ग्यालेक्सी एफ१३ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको बताउँछन् । एफ१३ मनोरञ्जनका लागि उत्तम साझेदार हुने अर्थपूर्ण आवष्किारहरूले भरएिको उनले बताए ।

यस फोनमा इमर्सभी अवलोकन अनुभवका लागि फुल एचडी प्लस डस्प्लिे, ६००० एमएएच ब्याट्री र कनेक्टिभिटीका लागि पहिलो अटो डाटा स्वचिङि रहेको र यसले युवा सहस्राब्दी र जेन जेडलाई सहज अनुभव लिन सक्षम बनाउने उनको भनाइ छ ।

सिनेम्याटिक अनुभव

ग्यालेक्सी एफ१३ को १६.६२ सेमी एफएचडी प्लस डिस्प्लेले अधिकतम अवलोकनको अनुभव गराउँदछ । यसको स्पष्ट र तीक्ष्ण सामग्रीले जेन एम जेड र व्यापक–दर्शकहरुले ठूलो पर्दामा सिनेम्याटिक अनुभवको आनन्द लिन सक्छन् ।

लामो समय चलिरहने

ग्यालेक्सी एफ१३ बृहत् ६ हजार एमएएच ब्याट्री जुन दिनभर चल्छ र १५ वाटको तीव्र चार्ज हुने संयोजीलाई समर्थन गर्दछ । कुनै पनि समय हेरिएको सूचीको जाँच गर्न सकिन्छ ।

अधिक्तम प्रस्तुतीकरणका लागि ग्यालेक्सी एफ१३ ले संयोजी पावर बचत र एआई पावर व्यवस्थापनलाई समर्थन गर्दछ जसले ३ दिनसम्म एपलाई स्लीप मोडमा र एक महिनादेखि प्रयोग नगरिएको एपलाई स्लीप मोडमा राखिदिन्छ ।

जुनै समय सम्पर्क

आविष्कारी अटो डाटा स्विचिङ विशेषता ग्यालेक्सी एफ१३ मा निर्वाध सम्पर्क कायम गर्न उपलब्ध छ । दोस्रो सिमको डाटा मार्फत् खण्ड–पहिलो विशेषताले प्राइमरी सिमले प्रयोगकर्ताहरुलाई नेटवर्क नभएर काम नगरेको अवस्थामा उनीहरुका प्रियजनहरुसँग सम्पर्क बनाउन समर्थ बनाउँछ । ग्यालेक्सी एफ१३ का प्रयोगकर्ताहरुले गोपनीयता र सुरक्षाको स्तरोन्नतिबाट पनि लाभ लिन सक्नेछन्, जसले एपहरु जाँच गर्दछ र पहुँचको अनुमति दिन्छ ।

जुनै समय बहुकार्य

यसमा भएको ८ जीबी र्‍याम र र्‍याम प्लस विशेषताका साथमा ग्यालेक्सी एफ१३ ले गेमिङलाई बाधा नगरी विस्तारित प्रस्तुतीकरण, बहुकार्यहरु गर्ने सुगमता, निर्वाध एप खोज्ने कार्य प्रदान गर्दछ ।

यो अक्टा–कोर एक्जीनस ८५० प्रोसेसरबाट शक्ति प्रदत्त छ । यसको भण्डारण क्षमता थप मेमोरी कार्डको साथमा १ टीबीसम्म बढाउन सकिन्छ ।

जुनै समय ट्रेण्ड

ग्यालेक्सी एफ१३ को ५० एमपी ट्रिपल रिएर क्यामराले जीवनको अत्युत्तम पलहरु कैद गर्न सघाउँछ । अल्ट्रा वाइड क्यामराको सहयोगले १२३ डिग्रीको दृश्यहरु कैद गर्न सकिन्छ ।

ग्यालेक्सी एफ१३ को गहन क्यामराले रोमाञ्चक पोट्रेट सटहरु खिच्न सक्षम बनाउँछ । ग्यालेक्सी एफ१३ मा ८ एमपिको अग्र क्यामरा पनि छ जसले सेल्फी खिच्नमा मद्दत गर्दछ ।

कति पर्छ ?

सामसुङ ग्यालेक्सी एफ१३ वाटरफल ब्लु, सनराइज कप्पर र नाइटस्ककाई ग्रीन रङ्गहरुमा उपलब्ध छन् । यसको मूल्य भेरियन्ट ४ प्लस १२८ जीबीको लागि २३ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?