+
+

प्रचण्डको प्रस्ताव : पदाधिकारीमा मतदान नगरौं, सहमति खोजौं

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १४:४६

२१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका छन् ।

पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समिति लगायतका पार्टीका संरचना बनाउनेबारे छलफल गर्न मंगलबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले जारी केन्द्रीय समिति बैठकबाटै यी विषय टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।

बहुमत सदस्यले पदाधिकारी समेत टुंग्याउनुपर्ने मत राखेपछि अध्यक्ष प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने र त्यसमा सहमति नभए मतदानमा भने जान नहुने शर्त राखेको एक नेताले जानकारी दिए ।

पूर्व स्थायी समिति सदस्य गणेश साहले बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिए ।

केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल लम्बिएपछि केन्द्रीय समितिको जारी बैठक भोलि दिउँसो १ बजेसम्मलाई स्थगन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?