+
+

दमौलीमा पनि नगरप्रहरीले उठाउँछ फुटपाथका पसल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १४:५७

२१ असार, तनहुँ । तनहुँको व्यास नगरपालिकाले न्युरोडमा फुटपाथका पसल हटाउने क्रममा नगरप्रहरीले व्यवसायीको ठेलाका आँप सडकमै फालिदिएको छ ।

नगरका सडक तथा पेटी अतिक्रमण गरी ठेलामा व्यवसाय गरेको भन्दै नगर प्रहरीले मंगलबार ठेला नियन्त्रणमा लिने क्रममा आँप सडकमै फालेको हो । नगरप्रहरी प्रमुख आशिक परियारले साँघुरो सडकमा व्यापार गरेपछि नियन्त्रणमा लिएको बताए ।

उनले ठेला तान्ने क्रममा आँप सडकमा पोखिएको भन्दै नगरप्रहरीले आँप नफालेको दाबी गरे ।

नगर प्रहरीले दमौलीका सडकमा व्यापार गर्ने फुटपाथ व्यवसायी, तरकारी बेच्नेहरुको सामग्री बेला बेला नियन्त्रणमा लिँदै आएको छ ।

कृषि उपज खरिद बिक्री गर्नको लागि व्यास ३ स्थित दमौली अस्पताल जाने बाटोमा केन्द्र स्थापना गरिएको छ । तर अधिकांश व्यापारीले सडकमै व्यवसाय गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?