+
+

काठमाडौं महानगरलाई इन्धन खर्च पुगेन, साढे ३ करोड थप

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १६:४४

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाले इन्धन खर्च साढे ३ करोड थप गर्ने प्रस्ताव पास गरेको छ ।

मंगलबार बसेको नगर कार्यपालिकाको बजेट थपको प्रस्ताव पास भएको हो । अब यसलाई नगरसभाले अनुमोदन गर्नुपर्नेछ ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा इन्धनका लागि १० करोड बजेट विनियोजन भएको थियो । तर चैतमै सकिएकाले तीन महिनाका लागि साढे ३ करोड थप्ने प्रस्ताव पेश भएको हो, जुन पास भएको छ । यो बजेट आन्तरिक भ्रमणतर्फ खर्च नभएको बजेटबाट रकमान्तरण गरिने छ ।

बैठकमा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले भने इन्धनको पखत कम गर्नेबारे सोच्नुपर्ने बताए । तर प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सीमाभित्र इन्धन खर्च भएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?