+
+

जसपाको केन्द्रीय समिति बैठक एक दिन सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १९:१०

२१ असार, काठमाडौं । जनता समाजवादी पार्टीले वीरगञ्जमा हुने केन्द्रीय समितिको बैठक एक दिन पछि सारेको छ ।

यसअघि २८ र २९ असारमा तोकिएको बैठक अब २९ र ३० असारमा हुने केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिए । मुस्लिम समुदायको पर्व बकर इद परेकाले एक दिन बैठक सारिएको उनले बताए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले २८ र २९ असारमा वीरगञ्जमा बैठक बोलाएपछि संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले २९ र ३० गते पार्टीको विस्तारित बैठक बोलाएका थिए ।

तर यादवले वीरगञ्जमा हुने बैठक एक दिन पछि सारेपछि दुबै पक्षको बैठक एकै दिन पर्ने भएको छ । पछिल्लो समय यादव र भट्टराईबीचको विवादले पार्टी फुटको संघारमा पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?