+
+

योजना आयोगका ६ पूर्व उपाध्यक्षको वक्तव्यः बजेट निर्माणबारे छानबिन गर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते २१:५६

२० असार, काठमाडौं । राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षले बजेट निर्माणमा उठेका प्रश्नहरुको छानबिन गर्न माग गरेका छन् ।

बजेट निर्माणमा अर्थमन्त्री जनादर्न शर्माले अनाधिृकत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानविन समिति बनाउन माग गरेको छ । सरकारले छानविनका लागि रुची नदेखाएपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग विपक्षीसँगै सत्तारुढ कांग्रेसमा समेत उठेको छ ।

योजना आयोगका पूर्व उपाध्यक्षहरु प्रा. पृथ्वीराज लिगल, डा. जगदिशचन्द्र पोखरेल, युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, प्रा.डा. गोविन्दराज पोखरेल र प्रा. डा. पुष्प कँडेलले संयुक्त विज्ञप्ति जारी गर्दै थप आर्थिक जटिलताको संकेत देखिएको बताएका छन् ।

अर्थतन्त्र समस्यामा रहेको, जनताबाट उठेको करको दुरुपयोग भएको, मुल्यबृद्धि र जनजीविकाका सवाल सरकारले सम्बोधन गर्न नसकेको उनीहरुको निष्कर्ष छ । संकटोन्मुख अर्थतन्त्रको समना गर्न ठोस योजनाका साथ अघि बढ्नुका साथै बजेट निर्माणमा उठेका प्रश्नहरुको यथोचित छानबिन गर्न सरकार, संसद र संवैधानिक निकायहरुसँग माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?