+
+

बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते ६:१६

२२ असार, काठमाडौं । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् ।

बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठीक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ यो कुराका लागि हामीले संघर्ष गर्नुपर्छ । त्यसैले मैले राजीनामा दिने निर्णय लिएँ ।’ उनले आफ्नो देशले निकै ठूलो चुनौतीको सामना गरिरहेको पनि बताएका छन् ।

सुनकसँगै बेलायतका स्वास्थ्यमन्त्रीले पनि राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्री साजिद जावेदले प्रधानमन्त्री जोन्सनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको आरोप लगाएका छन् ।

यो सरकारले अब राष्ट्रिय हित र जनअपेक्षा अनुसार काम गर्न नसक्ने दाबी गर्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रिय हित अनुकूल सरकार चलाउँछन् भन्ने जनविश्वास गुमाइसकेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?