+
+

अश्लील भिडियो राखेको आरोपमा युट्युब सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १०:५३

२२ असार, काठमाडौं । प्रहरीले एक जना युट्युब सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले बेलकोटगढी-७ घर भई काठमाडौंको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामा पक्राउ गरेको हो ।

लामा  ‘४ रियल टिभी’ नामक युट्युबका सञ्चालक हुन् । उनले यही च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएकोले विद्युतीय कारोबार ऐन, २०६३ कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लामालाई जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरील जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?