+
+

गायिका रिहाना ‘सेल्फमेड’ अमेरिकी अर्बपति घोषित, कुल सम्पत्ति १.४ बिलियन डलर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १२:१४

काठमाडौं । गायिका रिहाना फोब्र्स सूचिमा ‘सेल्फमेड’ अमेरिकी अर्बपति घोषित भएकी छन् । ३४ वर्षीया रिहाना यो सूचीमा २१ औं स्थानमा छिन् । उनको कुल सम्पत्ति १.४ बिलियन अमेरिकी डलर छ । फोर्ब्सका अनुसार उनको यो आम्दानी कस्मेटिक लाइन फेन्टी ब्युटीबाट हासिल भएको हो ।

साभेज एक्स फेन्टीमा उनको कुल हिस्सा ३० प्रतिशत रहेको र सन् २०२१ को फेब्रुअरीमा यसको सम्पत्ति मूल्यांकन एक बिलियन डलर पुगेको थियो । गत अप्रिलमा उनी विश्वकै धनी संगीतकर्मी बनेकी थिइन् ।

यो सूचीमा ६०० मिलियन डलरसहित केली जेनर, बियोन्से (४५० मिलियन डलर), किम कार्दसियन (१.८ बिलियन डलर), रिज विदरस्पुन (४३० मिलियन डलर), सेरेना विलियम्स (२६० मिलियन डलर), सान्ड्रा बुलुक (२५० मिलियन डलर) र म्याडोना (५७५ मिलियन डलर) छन् ।

गत मे महिनामा प्रेमी अस्याप रकीसँगको सन्तानको रुपमा रिहानाले एक बच्चालाई जन्म दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?