+
+

गोरखामा बस दुर्घटना हुँदा २० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १२:५०

२२ असार, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेमा वुधबार दिउँसो बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनालाई उपचारका लागि चितवन रिफर गरिएको र बाँकी १५ जनाको छेपेटारस्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुको अवस्था सामान्य छ । नारायणगढबाट भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लीलाराज लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?