+
+

संसद बैठक २ बजेसम्मका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १३:०१

२२ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनार्दन शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ । तर त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधिसभामा राख्न चाहेका छन् ।

एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ । यसबारे अहिले पनि संसदमा रहेका प्रमुख दलहरुबीच छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?