+
+

पहिरोमा पुरिएर सुर्खेतमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १४:०८

२२ असार, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मुत्यु भएको छ ।

पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक पहिरो जाँदा तुर्माखाँद गाउँपालिका–६ रानीवन अछामकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार पहिरोमा सोही ठाउँकी ७२ वर्षीय रती कामी घाइते भएकी छिन् । घाइते कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ । जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका बेला पहिरो खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?