+
+

अर्थमन्त्री दोषी छन्, पदमा राखेर छानबिन हुन सक्दैन : एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १६:२२

२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई बहिस्कार गरेको छ ।

बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भएको भन्दै प्रश्न उठेपछि संसदले बुधबार ११ सदस्यीय संसदीय छानबिन विशेष समिति बनाएको छ । लगतै सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएका थिए । तर एमाले सांसदहरुले उठेर विरोध गरे ।

लगतै सभामुखले एमाले सचिव योगेश भट्टराईलाई बोल्न समय दिए । भट्टराईले शर्मालाई अर्थमन्त्रीको हिसाबमा बोल्ने नैतिक अधिकार नभएको बताए । शर्माले अब अर्थमन्त्रीका रुपमा संसदमा बयान दिन नपाउने भन्दै उनले भने, ‘संसदीय समितिले दोष छ कि छैन भनेर छान्ने होइन । उहाँ स्वत दोषी प्रमाणित हुनुहुन्छ ।’

अब शर्माले राजीनामा दिनुपर्ने, नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भट्टराईको अडान छ । शर्मालाई अर्थमन्त्रीको पदमा राखेर छानबिन हुननसक्ने भन्दै उनले अघि भने, ‘पदमा बस्ने हो भने पदको दुरुपयोग भएर प्रमाणहरु गायब हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?