+
+

‘राधा पियारी’ गीतमा प्रियंका र सृष्टिको छमछमी (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १६:५०

काठमाडौं । भदौ १० गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राधा : द सेक्रेट’को प्रमोसन गीत ‘राधा पियारी’लाई बुधबार पशुपति मन्दिर परिसरको वृद्धाश्रममा छायांकन गरिएको छ ।

कालीप्रसाद बाँस्कोटाले संगीत गरेको तीज भाकाको गीत छायांकन सेटमा अभिनेत्रीयद्वय सृष्टि श्रेष्ठ र प्रियंका कार्की कम्मर मर्काउँदै थिए ।

फिल्ममा सृष्टिको मुख्य भूमिका छ भने प्रियंका गीतको लागि मात्र फिचर्ड भएकी हुन् । तीजको गेटअपमा यी दुई अभिनेत्री ६० जनाभन्दा बढी कोरस डान्सरसँग नाच्दै थिए ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको उक्त गीतलाई सञ्जय लामाले छायांकन गरिरहेका थिए । फिल्मको प्रचारप्रसारको उद्देश्यले गीत छायांकन गरिएको भए पनि यसले घरबाट टाढिएका पतिको पर्खाइमा रहेकी महिलाको कथा पेश गर्ने निर्देशक सुवर्ण थापाले बताए ।

फिल्मले एकल आमाको कथा भन्छ । मुख्य भूमिकामा सृष्टि श्रेष्ठ फिचर्ड छिन् । गीतको सुटिङ सेटमा यही फिल्मबाट पहिलोपटक निर्माताको करिअर थाल्न लागेका अभिनेता सौगात मल्ल पनि भेटिए । उनी बिहानैदेखि सुटिङ सेटमै खटिएका देखिन्थे ।

सेटमा ‘चिसो एस्ट्रे’ फेम्ड कलाकारद्वय निकुन श्रेष्ठ र नवीन लम्साल पनि भेटिए । यो फिल्मको आर्थिक पक्षमा आफूहरुले पनि सघाएको अभिनेता श्रेष्ठले बताए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?