+
+

संसदमा जनार्दन शर्माको ६ घण्टा (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ असार २२ गते १८:०१

२२ असार, काठमाडौं । बुधबार जनार्दन शर्माले अर्थमन्त्रीको हैसियतमा संसद भवन नयाँ वानेश्वरमा ६ घण्टा बिताए ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको थियो । केहीबेर ढिलो गरी पुगेका उनी सुरुमै आफूमाथि उठेका प्रश्नहरुबारे सभामा स्पष्टीकरण दिन चाहन्थे । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले शर्माको राजीनामा नआई स्पष्टीकरण नसुन्ने अडान लियो ।

दिउँसो एक बजेसम्म संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु संयुक्त र छुट्टाछुट्टै छलफलमा जुटे । सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा नियमावलीअनुसार निर्धारित समय भन्दा दुई घण्टा ढिलोसम्म बैठक बस्न नसकेपछि सूचना टाँसेर एक घण्टाका लागि बैठक स्थगित भयो ।

फेरि दलका प्रतिनिधिहरु छलफलमा जुटे । सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँगको संवाद बढाए । बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको विषयमा संसदीय छानबिन समितिका लागि सबै दलहरु तयार भए ।

११ सदस्य समितिमा कुन दलको कति प्रतिनिधि (एमालेको ४, कांग्रेस र माओवादी केन्द्रको २/२, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीका एक एक जना) रहने तय भयो । दलहरुले नाम दिए । तर, राजीनामा बिना फेरि पनि शर्माको स्पष्टीकरण सुन्न एमाले तयार भएन ।

दिउँसो ४ बज्न केही मिनेटअघि सभामुखले प्रतिनिधिसभा बैठक सुरु गरे । छानबिन समिति गठनको प्रस्ताव राखे, समितिमा रहने सदस्यहरुको नाम सुनाए । जसलाई प्रतिनिधिसभाको बैठकले पारित गर्‍यो ।

संसदीय समिति गठनपछि सभामुखले अर्थमन्त्रीलाई बोल्न समय दिए । एमालेले विरोध जनायो । सांसद योगश भट्टराईले शर्माको स्पष्टीकरण अर्थमन्त्रीको हैसियतमा नसुन्ने अडान लिए । त्यसपछि पनि सभामुखले शर्मालाई बोल्न समय दिएपछि एमाले सांसदहरु बाहिरिए ।

एमाले सांसदहरुले बहिष्कार गरेको बैठकमा शर्माले आफुले कुनै गल्ती नगरेको स्पष्टीकरण दिए । त्यसपछि अर्थमन्त्रीबाट राजीनामा दिएर उनी नयाँ वानेश्वरबाट बाहिरिए ।

हेर्नुहोस् बुधबारको संसदमा शर्माको तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?